गठबन्धनमा जसपाले हात झिकेपछि सिट बाँडफाँट चेपुवामा

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटको लागि करिब २ महिनादेखि निरन्तर छलफलमा रहेको सत्ता गठबन्धन अझै सहमतिमा पुग्न सकेको छैन् । समानुपातिक बन्दसूचीमा विवाद भएपछि गत बिहिबारदेखि गठबन्धनको बैठक प्रभावित भएको हाे । दलहरुले आइतबार समानुपातिकतर्फको संशोधित बन्दसूची बुझाएसँगै पुन: सिट बाँडफाँटको कसरत सुरु भएको छ । […]