शहीद दिवसमा मात्रै सजाइन्छ शहीद पार्क

लैनचौरस्थित शहीद पार्कमा ठड्याइएको कलशसहितको स्मारकमा लेखिएको छ, ‘शहीद स्मारक, नेपाल र नेपाली जनताको विकास गर्न, मानव अधिकार कायम गर्न र नेपालमा प्रजातन्त्र ल्याउन बेलाबेलामा बलिदान भएका ती वीर शहीदहरूको सम्झनामा १९५८ एडी विक्रम संवत् २०१५ नेपाल संवत् १०७८ ।’ स्मारकमा यस्तो लेखिएको भए पनि पार्क संरक्षणमा देखिएको उदासीनताले शहीदको सपना र बलिदानको राज्यबाट उचित कदर हुन नसकेको आभास हुन्छ । राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्री नियुक्त भएपछि स्मारकमा माल्यार्पण गर्न जाने चलन छ । त्यससँगै हरेक वर्ष शहीद दिवसका दिन स्म...