नयाँ सरकारको ‘होमवर्क’मा कांग्रेस–माओवादी

मङ्सिर ४ को निर्वाचनमा पहिलो दल बनेको नेपाली कांग्रेस र तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्र आ–आफ्नै नेतृत्वमा सरकार गठनको गृहकार्यमा लागेका छन् । त्यसका लागि उनीहरूले एकअर्कासँग सहयोग र समर्थनको अपेक्षासहित संवाद थालेका छन् ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर पूर्व सहमतिअनुसार पहिलो खेपको प्रधानमन्त्रीका लागि आफूलाई सहयोग गर्न प्रस्ताव नै राखेका छन् । प्रचण्डको प्रस्तावमा सभापति देउवाले संसदीय संसदीय द