आगामी ३ दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन सरकारको आग्रह

राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीवारदेखि शनिवारसम्म ३ दिन पूर्वदेखि पश्चिम नेपालको पहाडी तथा तराई क्षेत्रमा ठूलो वर्षाको सम्भावना रहेको जनाएको छ । प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले एक प्रेस नोट जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेका छन् । जल तथा मौसम विज्ञान विभागलाई उदृत गर्दै जारी गरिएको नोटमा प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थान, सुदूरपश्चिम तथा कर्णाली प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।