सेरममा भएको आगलागीले कोभिशिल्ड खोप ल्याउन सकिएन, ५० लाख डोज किन्ने योजना छैन - मन्त्रालय

काठमाण्डाै – सरकारले विश्व परिस्थिति, सेरम इन्टिच्युटमा भएको आगलागीलगायतका कारण कोरोना भाइरसविरुद्धको खोप आयात गर्न नसकिएको दाबी गरेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले नै बिचौलियाका कारण खोप आपूर्तिमा समस्या भएको अभिव्यक्ति दिएको र खोप आयात रोकिएको समाचार आइरहेका बेला स्वास्थ्य मन्त्रालयले कोभिशिल्ड खोप उत्पादन गर्ने भारतीय कम्पनी सेरम इन्टिच्युटमा भएको आगलागी, क्षमता विस्तारमा अवरोध, विश्व परिस्थितिलगायतका कारण १० लाख डोज खोप प्राप्त गर्न नसकिएको जनाएको छ ।२० लाख डोज खोप खरिदको योजना रहेकोमा १० ला...