भत्ता र निःशुल्क सुविधा बढाउने चुनावी होडबाजीले ‘मिनी श्रीलङ्का’ बन्दैछन् कैयौँ भारतीय राज्य

एजेन्सी। पञ्जाब केही समयदेखि ठुलो आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । यसलाई श्रीलङ्कामा चलिरहेको आर्थिक सङ्कटसँग तुलना गरेर हेरिदैछ । पन्जाबसँगै यस्तै आर्थिक सङ्कटबाट गुज्रिरहेका अन्य भारतीय राज्यलाई ‘मिनी श्रीलङ्का’ मानिन थालेको छ । यदि पञ्जाबको आर्थिक अवस्थालाई तथ्याङ्कबाट बुझ्ने हो भने राज्यको ऋण जीडीपी अनुपात ५३ प्रतिशत छ। यो भारतका अन्य राज्यहरूको तुलनामा सबैभन्दा बढी हो।राज्यमा तीन लाख करोडको ऋण छ, अर्थात तीन करोड जनसङ्ख्या भएको यो राज्यका प्रत्येक नागरिक एक लाख रुपैयाँको ऋणमु