जिम्बाब्वे ३५४ रनले पछाडि

एजेन्सी। बंगलादेशविरुद्ध टेष्ट क्रिकेट खेलको दोस्रो दिन जिम्बाब्वे ३५४ रनले पछाडि परेको छ। दोस्रो दिनमा जिम्बाब्वे ११४÷१ को स्थितिमा छ। जिम्बाब्वेका ताकुजवानाशे काइतानो ३३ र ब्रेन्डन टेलर ३७ रन बनाएर क्रिजमा छन्। महमुदुल्लाहले अविजित १५० रन बनाएपछि बंगलादेशले पहिलो इनिङमा ४६८ रन बनाएको थियो। २९४/८ को स्थितिबाट दोस्रो दिनको खेल थालेको बंगलादेशका लागि तस्किन अहमदले ७५ रन बनाएका थिए।

सम्बन्धित सामग्री

दोस्रो टेस्टको दोस्रो दिन पनि पाकिस्तानको पकड कायमै

काठमाडौं। जिम्बाब्वेविरुद्ध दोस्रो टेस्टको दोस्रो दिन पनि पाकिस्तानले खेल नियन्त्रणमा राखेको छ। अबिद अलीले अविजित २१५ तथा नौमान अलीले ९७ रन बनाएपछि पाकिस्तानले ५१०/८ रन बनाउँदा पहिलो इनिङ समाप्तिको घोषणा गर्‍यो। दोस्रो दिन थाल्दा पाकिस्तानका अबिद ११८ तथा साजिद खान एक रनको स्थितिमा थिए। दोस्रो दिन सकिँदा जिम्बाब्वेले ५२/४ को स्थितिमा छ। जिम्बाब्वे ४५८ रनले पछाडि छ।