बलेवा विमानस्थल बन्यो, सञ्चालन गर्ने कसरी ?

बन्द अवस्थामा रहेको विमानस्थलको अध्ययनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित परामर्शदाता समूहले बलेवा विमानस्थलको स्थलगत अवलोकन गरेको छ । भर्खर कालोपत्र भएर चिटिक्क परेको धावनमार्ग, टावर र भौतिक पूर्वाधारको अवस्था देखेपछि उक्त अध्ययन समूहले विमानस्थल सञ्चालनका लागि तयारी अवस्थामा रहेको सुरुआती निचोड निकालेको छ । विमानस्थल सञ्चालनबारे बागलुङ नगरपालिकाद्वारा आयोजित छलफल कार्यक्रममा परामर्शदाता समूहका प्रमुख डा जनकराज शाहले टावर नियन्त्रण गर्ने कर्मचारी, विमान कम्पनी र

सम्बन्धित सामग्री

सूचारू भएन बलेवा विमानस्थल, करोडौँ लगानीका पूर्वाधार प्रयोगविहीन

ढोरपाटन- बागलुङ बलेवा विमानस्थल कालोपत्रे गरेर रङरोगनले चिटिक्क परेको एक वर्ष बढी भयो । धावनमार्ग कच्ची हुँदा निरन्तर सञ्चालन हुन नसकेको यो विमानस्थल कालेपत्रे गरिसक्दा पनि विमान कहिले सञ्चालन हुन्छ भन्ने अत्तोपत्तो छैन । विसं २०२२ मा स्थानीयले श्रमदान गरी तयार गरेको विमानस्थल २०४८ सालसम्म सञ्चालनमा थियो । विसं २०४८ मा बागलुङ&...

बलेवा विमानस्थल सञ्चालनको माग

बन्द अवस्थामा रहेको बागलुङको बलेवा विमानस्थल सञ्चालन गर्न माग गरिएको छ । आइतबारको गण्डकी प्रदेशसभा बैठकमा समेत सो विषयले प्रवेश पायो । प्रदेशसभा सदस्य कृष्णप्रसाद पाठकले विमानस्थल सञ्चालनको पहल गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । बैठकको शून्य समयमा बोल्दै उहाँले भन्नुभयो, “मुख्यमन्त्रीमार्फत सङ्घीय सरकारसँग आवश्यक परामर्श र समन्वय गरेर विमानस्थल सञ्चालनमा ल्याउन माग गर्दछु ।” …

‘बलेवा विमानस्थल सञ्चालनको विकल्प छैन’

बागलुङ : बागलुङको बलेवा विमानस्थल सञ्चालनका लागि कालोपत्रे भइसकेको छ। कालोपत्रे भएको तीन महिना पुरान हुन लाग्दा पनि सञ्चालन सम्बन्धी केही निष्कर्ष निस्किन सकेको छैन। आइतबार विमानस्थल सञ्चालनका लागि विज्ञ टोलीसँग सरोकारवालाको छलफल भएको छ। छलफलमा बोल्ने अधिकांश वक्ताले बलेवा विमानस्थललाई कुनै पनि हालतमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।उनीहरुले विमानस्थललाई अरु कुनै विकल्पमा राख्न नहुने भन्दै विमान सञ्चालनका लागि वातावरण तयार गरिनु पर्ने बताएका थिए। विमानस्थल सञ्चालनका विषयमा सुझाव संक

बलेवा विमानस्थल बन्यो, सञ्चालन गर्ने कसरी ?

बागलुङ । बन्द अवस्थामा रहेको विमानस्थलको अध्ययनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित परामर्शदाता समूहले आज यहाँस्थित बलेवा विमानस्थलको स्थलगत अवलोकन गरेको छ । भर्खर कालोपत्र भएर चिटिक्क परेको धावनमार्ग, टावर र भौतिक पूर्वाधारको अवस्था देखेपछि उक्त अध्ययन समूहले विमानस्थल सञ्चालनका लागि तयारी अवस्थामा रहेको सुरुआती निचोड निकालेको छ । विमानस्थल सञ्चालनबारे बागलुङ […]

बलेवा विमानस्थल स्तरोन्नतिसँगै सञ्चालनमा ल्याइने

बालगुङ । बागलुङको बलेवा विमानस्थललाई सरकारले प्राथमिकताका साथ स्तरोन्नति गर्ने भएको छ । बन्द अवस्थामा रहेको विमानस्थल स्तरोन्नतिका लागि सरकारले बजेट तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरिएको छ । अर्थमन्त्री जनार्दश शर्माले आइतवार संसद्मा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा बागलुङको बलेवा विमानस्थललाई थप स्तरोन्नति गरी सञ्चालनमा ल्याइने उल्लेख छ । ग्रामीण क्षेत्रबाट गुणस्तरीय हवाई सेवा दिने उद्देश्यले बन्द अवस्थामा रहेको विमानस्थललाई स्तरोन्नति गरी सञ्चालनमा ल्याइने सरकारले घोषणा गरे अनुसार बलेवा विमानस्थल स्तरोन्नतिसँगै सञ्चालनमा ल्याइने भएको छ । अहिले विमानस्थलको धावनमार्ग भर्खरै कालोपत्र सम्पन्न भएको छ । विमानस्थलमा टर्मिनल टावर लगायत विभिन्न पूर्वाधार निर्माणको आवश्यकता देखिएपछि सरकारले प्राथमिकताका साथ स्तरोन्नति गरेर विमानस्थल सञ्चालन गर्ने अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमा उल्लेख गरे । सरकारले बलेवा विमानस्थलको स्तरोन्नतिसँगै सञ्चालनमा ल्याउने भनेपछि लामो समयदेखि बन्द रहेको विमानस्थल सञ्चालनमा आउने आशा पलाएको छ । २८ वर्षदेखि नियमित उडान हुन नसकेको बागलुङ नगरपालिका–१४ नारायणस्थानमा रहेको विमानस्थलको धावनमार्ग कालोपत्र सम्पन्न भइसकेको छ । कच्ची धावनमार्गका कारण बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएकाले विमानस्थल नियमितरूपमा सञ्चालनमा आउन सकेको थिएन । कालोपत्र सम्पन्न भएको विमानस्थलको अन्य पूर्वाधार निर्माणमा सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गर्ने सरकारले बजेट तथा कार्यक्रम मार्फत घोषणा गरेको छ । विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्रको काम सम्पन्न भएको छ ।  सरकारले प्राथमिकतामा राखेको विमानस्थलमा पूर्वाधार निर्माणसँगै जनशक्ति तथा प्राविधिक व्यवस्थापन गर्नेछ ।  विसं २०७४ मा केही समय सञ्चालनमा आएको विमानस्थल कालोपत्र भएसँगै सञ्चालनका लागि सरकारले तयारी थालेको हो । विमानस्थल सञ्चालनका लागि २०७४ चैत ९ गतेदेखि यती र नेपाल वायुसेवा निगमसँग सम्झौता गरेर यात्रु सुनिश्चितता नहुँदा बागलुङ नगरपालिकाले खर्च बेहोर्ने गरी उडान गरिएको थियो । तर यसलाई निरन्तरता दिन सकिएको थिएन । सरकारले बागलुङको वलेवा विमानस्थलसँगै डडेलधुरा, गैरीगाउँ, टीकापुर, दाङलगायतका स्थानको विमानस्थलको स्तरोन्नति गरिने बताएको छ । रासस

जहाज स्वागत गर्ने तयारीमा बलेवा विमानस्थल (फोटो फिचर)

बागलुङको बलेवा विमानस्थलमा धमाधम कालो पत्र भइरहेको छ । नियमित सञ्चालन भएमा बागलुङ, पर्वत र म्याग्दीका बासिन्दालाई यो विमानस्थलले काठमाण्डौसम्म जोड्ने छ ।  बलेवा क्षेत्रका स्थानीयले श्रमदानबाट थालेर २०१६ देखि २०१८ सम्ममा विमानस्थलको मैदान बनाएका थिए । यो विमानस्थलमा २०५० सम्म नियमित जहाज चल्थे । बलेवाबाट काठमाण्डौ, पोखरा र भैरहवाका नियमित उडान भैरहेकोमा पोखरा बागलुङ सडक खुलेपछि रोकिएको थियो । नियमित जहाज सञ्चालनमा आए  काठमाण्डाैदेखि बलेवासम्म ४५ मिनेटमा पुग्न सकिन्छ भने पोखरा हवाई मार्गबाट बलेवा पुग्न ...

बलेवा विमानस्थलको कालोपत्रे सकियो, चैतभित्र हस्तान्तरण हुने

बलेवा– निर्माण भएको झन्डै ६० वर्षपछि बलेवा विमानस्थल कालोपत्रे गरिएको छ। नियमित जहाज सञ्चालन गर्ने लक्ष्यसहित बलेवा विमानस्थल कालोपत्रे गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिले बताएका छन्। तीन वर्षअघिदेखि निर्माण थाले पनि कोरोना सङ्क्रमणले रोकिएको काम अहिले पूरा भएको हो। चैत मसान्तभित्र काम सकेर हस्तान्तरणको तयारी छ। बागलुङ नगरपालिका–१४ को बलेवामा निर्माणाधीन विमानस्थल चैत मसान्तभित्र […]

बलेवा विमानस्थल : जहाज चढ्न पाइने टुङ्गो छैन

बागलुङ बलेवा विमानस्थल कालोपत्र गरेर रङरोगनले चिटिक्क परेको एक वर्ष बढी भयो । धावनमार्ग कच्ची हुँदा निरन्तर सञ्चालन हुन नसकेको यो विमानस्थल कालेपत्र गरिसक्दा पनि विमान कहिले सञ्चालन हुन्छ भन्ने अत्तोपत्तो छैन ।

प्रदेश ४ को समृद्धिको नयाँ ढोका बन्दै बलेवा विमानस्थल - Naya Patrika

सोेमबार परीक्षण, शुक्रबारदेखि नियमित उडानको तयारी बलेवा विमानस्थल सञ्चालनमा आएपछि प्रदेश ४ को समृद्धिको ढोका खुल्ने भएको छ । विमानस्थल सञ्चालन भएपछि आन्तरिक र बाह्य पर्यटकको संख्यामा वृद्धि हुने र...पूरा पढ्नुहोस् »