असल हैन कमसल गर्छ धेरै चुरीफुरी विदेशी यहाँ घोडा चढ्छन् हामीचाहिँ धुरी । नीति–नियम मान्नेभन्दा बिगार्नेको लर्काे, कामभन्दा भ्रष्टचारी सधैँ गर्छ झर्काेफर्काे ।अभावसँगै बढ्दो छ गरिबी कहर, त्यसैले त पछौटे यो गाउँ यो शहर । विवाद जहिल्यै झगडा यो दन्तबझान, स्वर्गतुल्य नेपाल भयो फोहोर रछ्यान । चेत खुल्लाभन्दा झनै मति भ्रष्ट देखेँ ,नेपालको मायामा मैले यो गीत लेखेँ ।