विशेष अदालतको विरोधाभाषपूर्ण आदेश: समान कसूरमा सचिव थुनामा, मन्त्री धरौटीमा रिहा !

ललिता निवास प्रकरणमा ८ देखि १० वर्षसम्म कैद र ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगोसहितको जरिवाना माग दाबी गरिएका भ्रष्टाचारका आरोपी विजयकुमार गच्छदारलाई विशेष अदालतले १० लाख रुपैयाँ धरौटी लिएर रिहा गरेको छ । कांग्रेस उपसभापति समेत रहेका पूर्व उपप्रधानमन्त्री गच्छदार कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको भोलिपल्ट विशेष अदालतमा उपस्थित भएर धरौटीमा रिहा भएका हुन् । यही प्रकरणमा सोही प्रकृतिको अभियोग लागेका तत्कालीन सचिव दीप बस्न्यातलाई भने विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । यद्यपि ब...