सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरी सर्वसाधारणका लागि बुधबारदेखि खुल्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले पौडी पोखरीको मंगलबार औपचारिक शुभारम्भ गरे । मर्मत सम्भार, कोभिडलगायत कारणले ४ वर्षपछि सर्वसाधारणका लागि पहिलो पटक पौडी पोखरी खुल्न लागेको हो । पौडी पोखरी तीन सिफ्टमा सञ्चालन गरिने परिसरका प्रमुख देवराज कटुवालले जनाएका छन् । १०–१२, १–३ र ४–७ बजेसम्म गरी तीन सिफ्टमा पौडी पोखरी सञ्चालन गरिने छ ।&n