दुई महिनापछि लद्दाखमा भारत र चीनका सेनाबीच वार्ता

दुई महिनाको अन्तरालपछि भारत र चीनका सैन्य अधिकारीबीच आइतबार पुनः एक उच्चस्तरीय वार्ता भएको छ । समाचार एजेन्सी पीटीआईको रिपोर्टअनुसार लद्दाखको पूर्वी क्षेत्रमा बचेका सैनिकलाई पनि हटाउने विषयमा सो बैठकको आयोजना गरिएको हो ।स्रोतका हवाला दिँदै पीटीआईले कोर कमान्डर स्तरको वार्ताको यस १३ औँ चरण पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) को चीनको हिस्सामा पर्ने मोल्दोमा आयोजना भएको जनाएको छ । आजको वार्ता बिहान करिब साढे १० बजे सुरु भएको थियो । आजको वार्तामा भारतीय दलको नेतृत्व लेहस्थित १४ कोरका कम