विमान दुर्घटनाकाे शाेकमा भाेलि यति एअरलाइन्सका सबै उडान रद्द

काठमाण्डाै – यति एअरलाइन्सले भाेलि साेमवारका लागि निर्धारित सबै उडान रद्द गरेकाे छ । आज आइतवार भएकाे विमान दुर्घटनाकाे शाेकमा भाेलिकाे उडान रद्द गरिएकाे एअरलाइन्सले सूचना निकालेर जानकारी दिएकाे छ । आपत्कालीन र उद्धारका उडानहरू भने हुने एअरलाइन्सले जनाएकाे छ । ६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित काठमाण्डौबाट पोखराका लागि उडेको विमान पोखरामा अवतरण गर्ने तयारीका क्रममा सेती नदी खोँचमा खसेको हो । सूचना– 

सम्बन्धित सामग्री

आज यति एयरलाइन्सका सबै उडान रद्द

काठमाडौं : यति एयरलाइन्सले सोमबारका लागि पूर्वनिर्धारित सबै उडान रद्द गरेको छ । सूचना जारी गरी एयरलाइन्सले सोमबारका लागि तोकिएका सबै नियमित उडान रद्द गरेको जनाएको हो ।तर आपतकालीन उद्धार उडान भने जारी राख्ने एअरलाइन्सले जनाएको छ। आइतबार  चालक दलका चार सदस्यसहित ७२ जना बोकेको यति एअरलाइन्सको विमान पोखरा विमानस्थलनजिक सेती नदीको खोँचमा खसेको थियो । विमानमा सवारमध्ये ६९ जनाको शव फेला परिसकेको छ।

यती एयरलाइन्सको आजकाे नियमित उडान रद्द

काठमाडौँ – दुर्घटनाको शोकमा यती एयरलाइन्सले सोमबारका लागि तय भएका सम्पूर्ण उडान स्थगित गरेको छ। विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा आज सोमबार कम्पनीका तर्फबाट देशभरको उडान रद्द गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। कूल ६८ यात्रु र चार चालक दलका सदस्य रहेको यती एयरलाइन्सको ९एन-एएनसी एटिआर-७२ जहाज आज बिहान पोखरामा अवतरण गर्ने क्रममा सेती […]

दुर्घटनाकाे साेकमा यती एयरलाइन्सको सोमबार देशभरको उडान रद्द

काठमाडाै‌ । दुर्घटनाको शोकमा यती एयरलाइन्सले सोमबारका लागि तय भएका सम्पूर्ण उडान स्थगित गरेको छ । विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा सोमबार कम्पनीका तर्फबाट देशभरको उडान रद्द गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।   कूल ६८ यात्रु र चार चालक दलका सदस्य रहेको यती एयरलाइन्सको ९एन–एएनसी एटिआर–७२ जहाज आज बिहान पोखरामा अवतरण गर्ने क्रममा […] The post दुर्घटनाकाे साेकमा यती एयरलाइन्सको सोमबार देशभरको उडान रद्द appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एशियाली विमान कम्पनीद्वारा ताइवानमा उडान रद्द

काठमाडौं । चीनले ताइवानी सीमा नजिक सैन्य अभ्यास सुरु गरेपछि एशियाली विमान कम्पनीहरुले उक्त क्षेत्र भएर हुने उडानहरु रद्द गरेका छन् । कतिपयले भने वैकल्पिक रुटबाट उडान गरेका छन् । बिहिबारदेखि सैन्य अभ्यास सुरु गरेको चीनले ताइवान आसपासको समुद्री र उडान क्षेत्रलाई खतराको सूचीमा राख्दै उक्त रुटमा प्रवेश नगर्न विमान र पानी जहाजहरुलाई चेतावनी दिएको […]

प्रतिकूल मौसमका कारण सबै आन्तरिक उडान रद्द

१४ पुस, काठमाडौं । प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने आन्तरिक तर्फका सबै उडान रद्द भएका छन् । बुधबार साँझ ४ बजेबाट उडानहरु रद्द भएकाे सम्बन्धित वायुसेवाहरुले जनाएका छन् । बुद्ध एयर र यति एयरलाइन्सले सूचना जारी गर्दै आजका लागि निर्धारित रात्रिकालीन उडान रद्द भएको जनाएका हुन् । खराब मौसम र विमान स्थलहरुमा कम भिजिबिलिटीका कारण […]

क्रिसमसको दिन साढे चार हजार बढी उडान रद्द

विश्वका धेरै देशमा मनाइने क्रिसमस पर्वको दिन चार हजार ५०० भन्दा बढी विमान उडान रद्द भएका छन्। अत्यधिक यात्रा हुने दिनका रुपमा समेत चिनिने क्रिसमसका दिन शनिबार यति धेरै विमान...

भुटानका राजकुमार चढेको विमानमा कमिलाको ताँती लागेपछि उडान रद्द

भारतको दिल्लीमा रहेको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डन जानका लागि तयार एयर इन्डियाको विमानमा कमिलाको ताँती लागेपछि उडान रद्द गरिएको छ ।  विमानको बिजनेस क्लासमा कमिला पसेपछि उडान रद्द गरेर अर्को विमानमा यात्रुहरूलाई सारिएको थियो ।  एआई–१११ उडानमा भुटानका युवराज जिग्मे नामग्येल वाङचुक पनि थिए । विमान प्यासेन्जर बेमा रहँदा कमिलाको ताँतीको गुनासो आएपछि उडान समय परिवर्तन गरिएको थियो ।  यसअघि एयर इन्डिया एक्सप्रेसको उडान साउदी अरब जान लागेको बेलामा विमानको शीशा फुटेपछि ति...

काबुलका लागि एमिरेट्स एयरलाइन्सको उडान रद्द

एमिरेट्स एयरलाइन्सले अर्को सूचना नआउन्जेलका लागि अफगानिस्तानको राजधानी काबुलका लागि सबै उडान रद्द गरेको जानकारी आफ्नो वेबसाइटमा राखेको छ ।  तालिबान लडाकू समूह आइतवार काबुलमा प्रवेश गरेपछि एमिरेट्सले उडान रद्द गरेको हो ।  ‘काबुललाई अन्तिम गन्तव्य बनाएर टिकट बोकेका यात्रुहरूलाई यात्रा गराइने छैन,’ वेबसाइटमा उल्लेख गरिएको छ ।  दुबईको ध्वाजावाहक विमान फ्लाईदुबईले पनि काबुल जाने उडान रद्द गरेको छ ।

बाक्लो हुस्सु कुहिरोले रद्द उडान फेरि सञ्चालन

बाक्लो हुस्सु कुहिरोका कारण बुधबारदेखि सबै उडान रद्द भएको नेपालगन्ज विमानस्थलमा शनिबार मध्यान्हदेखि विमान  सञ्चालन भएको छ  । तस्वीर, रासस