न्यायाधीशविरुद्ध कोसी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीको अभिब्यक्तिप्रति आपत्ति

मोरङ – न्यायाधीशविरुद्ध कोसी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले दिएको अभिब्यक्तिप्रति उच्च अदालत विराटनगर बार एसोसिएसनले आपत्ति जनाएको छ। बारले सोमबार जारी गरेको विज्ञप्तिमा मन्त्री राजभण्डारीले लगाएको आरोप पुष्टि गर्न चुनौती दिएको छ। बार एसोसिएसनका अध्यक्ष विश्वराम भट्टराई र सचिव विनोदकुमार तिमल्सिनाले सरकारको जिम्मेवार पदमा रहेका व्यक्तिबाट अशोभनीय र गैरजिम्मेवारीपूर्ण अभिब्यक्ति आउनु निन्दनीय रहेको जनाएका […]