संयुक्त राष्ट्रसंघको ७७औँ महासभामा नेपालबाट उच्चस्तरीय सहभागिता हुने तयारीस्वरुप गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । सिंहदरबारमा बुधबार नियमित पत्रकार भेटघाटका क्रममा मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भनिन्, “नेपाल सरकार मन्त्रिपरिषदबाट निर्णय भएपछि हामी जानकारी गराउने नै छौँ, हामीले उच्चस्तरीय भ्रमणका लागि आन्तरिक गृहकार्य सुरु गरिसकेका छौँ ।” प्रवक्ता लम्सालले महासभामा मुलुकको उच्चस्तरीय भ्रमण होस् भन्ने चाहना रहेको र विश्वभरका सरकार वा राष्ट्रप्रमु