संघीय शिक्षा ऐन ल्याउन प्रतिबद्ध छु : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षामन्त्री देवेन्द्र पौडेलबीच शिक्षा क्षेत्रका विविध विषयमा छलफल भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवा र मन्त्री पौडेलबीच छलफल भएको हो । भेटका क्रममा मन्त्री पौडेलले शिक्षा ऐन अर्थ र कानुन मन्त्रालयमा अल्झेको हुँदा तत्काल अगाडि बढाउन प्रधानमन्त्री देउवा समक्ष अनुरोध गरे ।साथै भेटमा विश्वविद्यालयमा हुने तालाबन्दी, शिक्षक दरबन्दी लगायतका विषयमा पनि छलफल भएको मन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्