जिम्बाब्वे र नेदरल्यान्ड अस्ट्रेलियामा हुने टी–२० विश्व कपमा छनोट

काठमाण्डाै - जिम्बाब्वे र नेदरल्यान्ड अस्ट्रेलियामा हुने टी-२० विश्व कपमा छनोट भएका छन् । आईसीसी विश्व कप ग्लोबल छनोट ‘बी’ बाट घरेलु टोली जिम्बाब्वे र नेदरल्यान्डले फाइनलमा पुग्दै टी-२० विश्व कपमा स्थान बनाएका हुन् । नेदरल्यान्डले सेमिफाइनलमा अमेरिकालाई ७ विकेटले हरायो । त्यस्तै जिम्बाब्वे पपुवा न्युगिनीलाई २७ रनले हराउँदै फाइनलमा पुगेको हो । पहिलो सेमिफाइनलमा घरेलु टोली जिम्बाब्वेले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो । जितका लागि २ सय रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनीले २० ओभ...