बौद्ध स्तूपमा पर्यटक

सगरमाथा क्षेत्रमा अवस्थित बौद्ध स्तूपमा पर्यटक । खुम्बु क्षेत्र भ्रमणका लागि पुग्ने स्वदेशी तथा विदेशी पर्यटक यस क्षेत्रमा पुगेर तस्बिर कैद गर्ने गर्छन् ।

सम्बन्धित सामग्री

भियतनामी पर्यटक चार्टर विमानबाट नेपाल आउँदै

काठमाडौं। नेपालमा भियतनामी पर्यटक पहिलोपटक तीन विमान चार्टर विमानमार्फत भ्रमणका लागि आउने भएका छन् । आगामी अक्टुबर २१, २५ र २९ मा हिमालय एअरलाइन्स्का एअरबस ए३२० विमान चार्टर गरेर भियतनामबाट काठमाडौं, पोखरा, लुम्बिनी लगायत स्थान भ्रमण गर्ने गरी उच्चवर्गीय पर्यटक काठमाडौं अवतरण गर्ने भएका हुन् । करीब १५ प्रतिशत बुद्ध धर्मावलम्बी रहेको भियतनामबाट नेपाल भ्रमण गर्ने पर्यटकको संख्या पछिल्ला दिनहरूमा बढिरहेको छ । भियतनाम काठमाडौंको यात्रा छोट्याउन तथा यात्रालाई सहज तुल्याउन उक्त चार्टर उडान महत्त्वपूर्ण हुने पर्यटनविद्हरूको भनाइ छ । भियतनामबाट काठमाडौं आउने पर्यटकले काठमाडौं उपत्यकाका अलावा बुद्धको जन्मस्थान लुम्बिनी तथा पोखराको समेत भ्रमण गर्ने बताइएको छ । केही पर्यटक नेपालका विभिन्न बौद्ध चैत्य तथा गुम्बामा ध्यान तथा योगाभ्यासका लागि थप समय बस्नेछन् । उडानका क्रममा एकतर्फी रूपमा खाली रहने सिट विक्री गरी पर्यटकका लागि यो चार्टर उडान आर्थिक रूपमा किफायती बनाउन यसको प्रबन्धक रुप्से होलिडेजले सहजीकरण गरिरहेको छ । नेपालबाट भियतनाम जान चाहने पर्यटकका लगि रुप्से होलिडेजले १ लाख २० हजार रुपैयाँको विशेष टुर प्याकेजको निर्माण गरेको छ ।

मुक्तिनाथमा धार्मिक पर्यटक चहलपहल बढ्यो

हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथमा पर्यटकको चहलपहल बढ्न थालेको छ । भोलिदेखि सुरु हुने पितृपक्ष (सोह्रश्राद्ध)का लागि विभिन्न स्थानबाट दर्शनार्थी आउने धार्मिक पर्यटकको चहलपहल बढेको हो । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थलका रुपमा रहेको यस मन्दिरमा पितृपक्षका समयमा पितृ उद्धारको कामनाका साथ ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरेको मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । […]

एक वर्षदेखि मर्मतको पर्खाइमा बौद्ध स्तुप क्षेत्रको सडक

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको अमिताभ बुद्ध मार्गको कालोपत्र भत्किएको लामो समयसम्म पनि मर्मत हुन सकेको छैन । सडक मर्मत नहुँदा स्थानीय हिलो र धुलोको सास्ती भोग्न बाध्य छन् ।  काठमाडौं महानगरपालिकाको ठेक्कामार्फत उक्त सडक कालेपत्र गरिए पनि तीन महीनामै भत्किएको थियो । कालोपत्र भत्किएपछि मर्मतको जिम्मा निर्माण कम्पनीको भए पनि हालसम्म काम हुन नसकेको बौद्धनाथ क्षेत्र विकास समितिका पूर्वकार्यकारी निर्देशक नयनकुमार लामाले बताए । बौद्ध क्षेत्रको टुसालबाट महाङ्काल र सम्पदा मार्गहुँदै बौद्ध चैत्य पुग्न सकिने सडक २०७८ जेठमा कालोपत्र भएको थियो । ‘गुणस्तरीय काम नहुँदा लामो समयदेखि स्थानीयले दुःख पाएको अवस्था छ,’ उनले भने, ‘सडक मर्मतका लागि समितिले विगतमा तीन पटक बजेट विनियोजन गरे पनि काठमाडौं महानगरपालिकाले नै गर्ने भनेकाले सडकको जिम्मा महानगरलाई नै दिइएको हो ।’ कालोपत्र हुनुभन्दा एक वर्षअघि भने यो सडक समितिकै बजेटबाट मर्मत गरिएको थियो । विश्व सम्पदा क्षेत्रमा लामो समयदेखि सडक बिग्रिएको अवस्थाले पर्यटकहरूमा राम्रो सन्देश नजाने स्थानीय व्यवसायी मङ्गलकुमार श्रेष्ठ बताउँछन् । जसका कारण स्थानीयवासी, पर्यटक र बौद्धनाथ चैत्यमा दर्शनका लागि आउने भक्तजनले वर्षामा हिलो र हिउँदमा धुलोको सास्ती भोग्नुपरेको उनको भनाइ छ । स्थानीय श्रीकृष्ण शाही सडक निर्माणमा कमसल सामग्री प्रयोग गरेकाले लामो समयसम्म नटिकेको दाबी गर्छन् । न्यून गुणस्तरको काम हुँदा पनि सरोकारवाला निकायको ध्यान जान नसकेको उनको भनाइ छ ।  उक्त सडक काठमाडौं महानगरपालिकाको रु नौ करोड लागतमा कालोपत्र गरिएको थियो । काठमाडौं महानगरपालिका–६ का पूर्वअध्यक्ष दीपेन्द्रकुमार लामा निर्माण व्यवसायीले कमसल काम गरेकाले सडकको कालोपत्र तीन महिना पनि नटिकेको दाबी गर्छन् । उनले महानगरपालिकामा यसबारे जानकारी गराउँदै भुक्तानी रोक्नसमेत आग्रह गरेको बताए ।   पाँच तारे होटल हायात रिजेन्सीको पूर्वोत्तरको पर्खालसँगै जोडिएको उक्त सडकको दुरावस्थाले राम्रो सन्देश नदिने महानगरपालिका–६ का वडाअध्यक्ष भुवन लामा बताउँछन् । उनले यसबारेमा  महानगरपालिकाको कार्यपालिका बैठकमा विषय उठान गर्ने बताए ।  ‘बौद्ध क्षेत्रकै विकासका लागि भनी पर्यटकसँग शुल्क उठाइन्छ । त्यो शुल्क समितिको खातामा बैंकमा खर्च हुन नसकी थुप्रिएको छ । तर, सडकको दूरावस्थाले विश्व सम्पदा क्षेत्रलाई नै गिज्याइरहेको छ,’ उनले भने । रासस

बार्गेनिङ गर्लान् भनेर बेवास्ता गरिएका ग्राहक ज्याक मा पो !

१३ असार, काठमाडौं । मंगलबार दिउँसो ३ बजे प्रेमध्वज लामा बौद्ध परिसरस्थित हिमालयन ह्यान्डीक्राफ्ट हाउसमा टोलाइरहेका थिए । पर्यटक आउने सिजन सकिएका कारण खासै व्यापार थिएन । ६/७ जना मानिस उनको पसलमा छिरे । १२ वर्षदेखि बौद्धमा ह्याण्डीक्राफ्ट पसल गरिरहेका लामाका पसलमा छिर्नेहरु चिनियाँ मूलका थिए । एक जना नेपाली पनि थिए । चिनियाँले धेरै […]

बौद्ध परिसरमा फ्रान्सेली पर्यटक [तस्वीर]

विश्व सम्पदा क्षेत्रमा सूचीकृत काठमाडौंको बौद्ध परिसरमा फ्रान्सेली पर्यटकहरू । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

बिनाटिकट पर्यटकलाई बौद्ध क्षेत्र प्रवेश गराउनेमाथि कारबाही गरिने

काठमाडौँ,२३ भदौ । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्र आउने पर्यटकलाई बिनाटिकट प्रवेश गराउने पथप्रदर्शक र होटल व्यवसायीलाई कारबाहीको दायरामा ल्याइने भएको छ । पथप्रदर्शक र होटल व्यवसायीको मिलेमतोमा बिनाटिकट पर्यटक छिराएको तथ्य फेला परेपछि बौद्धनाथ क्षेत्र विकास समितिले कारबाहीको दायरामा ल्याउन लागेको हो । कारबाहीका लागि पहिलो चरणमा चुच्चेपाटीबाट जोरपाटी क्षेत्रमा रहेका होटलको सूची […]

लुम्बिनीलाई भारतका बौद्ध सम्पदासँग जोड्न सके धार्मिक पर्यटक वृद्धि हुनेछ

आर्थिक सर्वेक्षण २०७८-०७९ अनुसार सन् २०२१ मा बाह्य तथा आन्तरिक पर्यटकमध्ये अधिकांश पर्यटकको भ्रमण गन्तव्य गौतम बुद्धको जन्मस्थल लुम्बिनी हुने गरेको तथ्यांकले देखाएको छ । सन् २०२१ मा लुम्बिनी भ्रमण गर्नेमा नेपाली ४ लाख ६३ हजार ९ सय ६३, भारतीय ४३ हजार ७ सय ३२ (स्थल मार्ग र हवाई मार्गसमेत गरी) र अन्य मुलुकका १ हजार १ सय ९७ जना रहेका छन् । सन् २०२० मा लुम्बिनी भ्रमण गर्नेमा नेपाली १ लाख ९७ हजार २ सय ५२, भारतीय ३७ हजार २ सय ६ र अन्य मुलुकका ४५ हजार ४ सय ६९ जना रहेका थिए । सन् २०२१ मा आन्तरिक पर्यटकहरूको लुम्बिनी भ्रमण उत्साहजनक रहेको र भारतीय पर्यटकको संख्या १७.५ प्रतिशतले वृद्धि भएको छ । तथापि, सन् २०२१ मा तेस्रो मुलुकबाट लुम्बिनी आउने पर्यटकको संख्या न्यून रहेको थियो ।

लुम्बिनीसँग जोड्नैपर्ने बौद्ध गन्तव्यहरू

रूपन्देही । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमवार लुम्बिनी भ्रमणमा आउँदै छन् । गौतमबुद्धको जन्मस्थल लुम्बिनी आएपछि यतिबेला लुम्बिनीको विषयमा विभिन्न छलफलहरू भइरहेका छन् । यसै सन्दर्भमा संस्कृतविद्हरूले लुम्बिनीसँग जोड्नैपर्ने केही बौद्ध गन्तव्य पनि सुझाएका छन् । लुम्बिनीसँग जोड्नैपर्ने गन्तव्यहरू तलौराकोट, गोटिहवा लगायतका छन्, जसबारे यहाँ संक्षिप्त चर्चा गरिएको छ । तिलौराकोट लुम्बिनीबाट करिब २८ किमीको दूरीमा रहेको तिलौराकोट सिद्धार्थ गौतमले आफ्नो जीवनकालको २९ वर्ष बिताएको स्थान हो । यस क्षेत्रलाई विश्वसम्पदा क्षेत्रमा सूचीकृत गर्ने तयारी छ । त्यसका लागि लुम्बिनी विकास कोषले यही जेठ ३ र ४ गते यहाँ तिलौराकोट सम्मेलन गर्दै छ । सम्मेलनमा नेपाल तथा विभिन्न देशका विज्ञको सहभागिता रहने पुरातत्त्व विभागका निमित्त वरिष्ठ पुरातत्त्व अधिकृत हिमाल उप्रेती बताउँछन् । सो क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रमाण जुटाउने उद्देश्यले विभागले पटकपटक दुर्हाम विश्वविद्यालय बेलायत, संघीय सरकार र विज्ञको संलग्नतामा लुम्बिनी उत्खनन गरेको थियो । आवश्यक प्रमाण संकलन भइसकेकाले छिट्टै सो क्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत हुने उप्रेतीको भनाइ छ । महत्त्वपूर्णस्थल भएर पनि लुम्बिनी आउने अधिकांश पर्यटक सो पवित्र स्थानमा पुगेका हुँदैनन् । यहाँ पर्याप्त पर्यटकीय पूर्वाधार छैनन्, जसले गर्दा त्यहाँ पुग्ने पर्यटक पनि निराश भएर फर्कने गरेका छन् । तिलौराकोट आउने पर्यटक पश्चिमी र पूर्वीद्वार तथा मध्यमा रहेको राजप्रासाद अवलोकन गरी फर्कने गरेका छन् । तिलौराकोट दरबारबाट सात सय मिटरको दूरीमा धमनिहवा स्तूप छ । शुद्धोदन र मायादेवीको समाधिस्थल रहेको सो स्तूपबारे धेरैलाई थाहै छैन । गोटिहवा तिलौराकोटबाट सात किमी दूरीमा रहेको गोटिहवा नेपालमै जन्मेका क्रकुच्छन्द बुद्धको जन्मस्थान हो । सो स्थानमा भाँचिएको अशोकस्तम्भ र प्राचीन स्तूपको भग्नावशेष छ । यहाँ लुम्बिनी प्रदेश सरकारले क्रकुच्छन्दको मूर्ति स्थापना गरे पनि उचित प्रचारप्रसार नहुँदा पर्यटक पुग्ने गरेका छैनन् । यहाँ पुग्न पक्की सडक रहे पनि घुमफिर गरेर समय बिताउने वा आध्यात्मिक गतिविधि गर्ने पूर्वाधार नहुँदा आएका पर्यटक पनि छोटो समयमै फर्किने गरेका छन् । निग्लिहवा नेपालमै जन्मेका अर्का बुद्ध कनकमुनिको जन्मस्थान निग्लिहवा तिलौराकोटदेखि ९ किमी टाढा पर्छ । यहाँ भाँचिएका अशोकस्तम्भका टुक्रा र निग्लिसागर पोखरी छन् । यस स्तम्भमा उत्कीर्ण गरिएको शिलालेखले कनकमुनि बुद्धको जन्म यस स्थलमा भएको तथ्य प्रमाणित गरेको छ । यहाँ लुम्बिनी प्रदेश सरकारले कनकमुनिको मूर्ति स्थापना गर्नेबाहेक कुनै पर्यटकीय गतिविधि हुन सकेका छैनन् । पर्यटन पूर्वाधार नहुँदा यहाँ पर्यटक पुग्ने गरेका छैनन् । निग्लिहवादेखि नजिकै कनकमुनि बुद्धको गृहनगर अरौराकोट पर्छ, जहाँ प्राचीन भग्नावशेष छन् । सगरहवा हजारौं शाक्यहरूको नरसंहार गरिएको भनिएको सगरहवा तिलौराकोटदेखि आठ किमी दूरीमा रहेको यो स्थानमा हाल केही भग्नावशेष र एक पोखरी छन् । डा. ए फुहररले सो स्थलमा सन् १८९७ मा उत्खनन गरी बुद्धकालीन पुरावशेष तथा स्तूप निकालेका थिए । यहाँको पुरातात्त्विकक सम्पदाको संरक्षणका लागि वनको क्षेत्रमा रहेको ५८ बिगाहा जग्गा कोषको स्वामित्वमा ल्याउने काम भएको विभागका निमित्त वरिष्ठ पुरातत्त्व अधिकृत उप्रेती बताउँछन् । यस क्षेत्रमा सुरक्षा पर्खालसमेत लगाइएको छ । निग्रोधाराम सिद्धार्थ बुद्धले ज्ञान प्राप्त गरी पहिलोपटक राजधानी आउँदा आफ्ना पिता शुद्धोधन र अर्की माता प्रजापति गौतमी, पत्नी यशोधरा र छोरा राहुललाई भेटघाट गरेको महत्त्वपूर्ण स्थल निग्रोधाराम हो । यो स्थल लुम्बिनीदेखि २८ किमी दक्षिणपश्चिम तथा तिलौराकोटदेखि ६ किमी दूरीमा पर्छ । यहाँ पुरातात्त्विकक एवं धार्मिक महत्त्वका तीन स्तूप तथा एक पोखरी र एक इनार छन् । देवदह बुद्ध जन्मस्थल लुम्बिनीबाट ५७ किमी उत्तरपूर्वमा रहेको देवदह बुद्धको मावली हो । सो ठाउँ शाक्यमुनि बुद्धका आमा मायादेवी र प्रजापतिका साथै श्रीमती यशोधराको माइती गाउँको रूपमा परिचित छ । बुद्धको बाल्यकालसँग जोडिएको पुरातात्त्विकक महत्त्वको क्षेत्रका रूपमा मानिएको सो स्थल आवश्यक उत्खनन हुन नसक्दा धार्मिक तथा पर्यटकीय दृष्टिले कम प्राथमिकतामा परेको छ । रामग्राम गौतमबुद्धको अस्तु राखिएको महत्त्वपूर्ण क्षेत्र रामग्राम नवलपरासीमा पर्छ । सदरमुकाम परासीदेखि ३ किमी दक्षिणमा पर्ने सो क्षेत्र ऐतिहासिक, पुरातात्त्विकक तथा धार्मिक स्थल हो । करिब ८० फिट चौडाइ, ९० फिट लम्बाइ र ३० फिट उचाइ भएको रामग्राम स्तूपमा गौतम बुद्धको महापरिनिर्वाण (मृत्यु)पछि अस्तु राखिएको छ । बौद्ध ग्रन्थानुसार बुद्ध महापरिनिर्वाण भएपछि अस्तु कसले लैजाने भन्ने विषयमा विवाद भएपछि वरपरका तत्कालीन आठ राज्य मगध, वैशाली, कपिलवस्तु, अल्लकप्प, वैप्दीप, पावा, कुशीनगर र रामग्रामलाई दिइएको थियो । पछि मगधका राजा अशोकले विशाल स्तूप निर्माण गर्ने भनी सबै राज्यको अस्तु संकलन गरे पनि रामग्राममा भने हात्ती र नागले सुरक्षा गरेको मान्यता छ । विकास कोष र रामग्राम नगरपालिकाले भौगर्भिक सर्वेक्षण गरेर रामग्रामको विकासका लागि गुरुयोजना तयार गरे पनि बृहत् पुरातात्त्विकक अनुसन्धान र गुरुयोजनाविना बनाइएकाले कार्यान्वयन हुन नसकेको पुरातत्त्व अधिकृत उप्रेती बताउँछन् । उनका अनुसार स्तूप जसरी गोलो आकारमा गुरुयोजना तयार भएको र त्यसले ११७ बिघा क्षेत्रफल ओगटेको छ । सो ठाउँलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रमाण जुटाउने काम भइरहेको विकास कोषले बताएको छ । बुद्ध जन्मस्थल लुम्बिनीको चर्चा भए पनि बुद्धको जीवनसँग जोडिएका यी महत्त्वपूर्ण क्षेत्रबारे धेरै बौद्धमार्गी र पर्यटक अनभिज्ञ छन् । पुरातात्त्विकक हिसाबले महत्त्वपूर्ण भए पनि कोषले यी क्षेत्रको विकासका लागि अझै योजना बनाउन सकेको छैन । अहिलेसम्म विकास कोष लुम्बिनीको विकास र प्रवर्द्धनमा केन्द्रित रहे पनि अबका दिनमा सबै बौद्ध क्षेत्रको विकासका लागि योजनाबद्ध ढङ्गले काम अघि बढाइने विकास कोषका सदस्य सचिव सानुराजा शाक्य बताउँछन् । लुम्बिनीसँग सम्बन्धित सात बौद्ध गन्तव्यलाई जोडेर काम अघि बढाइने उनको भनाइ छ । रासस

गुल्मीको भार्सेमा डेढ करोडको लागतमा बौद्ध स्तुपा निर्माण गरिँदै

पर्यटक पवर्द्धनमा टेवा पुयाउने उद्देश्यले गुल्मीको भार्सेमा डेढ करोडको बौद्ध स्तुपा निर्माण सुरु गरिएको छ । सत्यवति गाउँपालिका ८ भार्सेको देउराली डाँडाँमा बौद्ध स्तुपा निर्माणको काम भइरहेको छ । स्तुपा...

बौद्ध धर्मावलम्बी आकर्षित गर्दै भारत

भारतले बौद्ध धर्मावलम्बी पर्यटक आकर्षण गर्न ठूलो लगानी गरिरहेको छ । भगवान् बुद्धसँग जोडिएका स्थानलाई ‘बुद्ध सर्किट’ परियोजनामार्फत विकास तथा यातायातको सहजतासमेत पुर्‍याइरहेको छ ।