काठमाडौं । पछिल्लो समय प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका शीर्ष नेताहरू ‘टु पार्टी सिस्टम’ अर्थात् दुई दलीय व्यवस्थाको वकालत गरिरहेका छन् । जबकि ‘टु पार्टी सिस्टम’ नेपालको संविधानले समेत परिकल्पना गरेको छैन ।आफैले बनाएको संविधान विपरीत गएर एमालेका नेताहरूले ‘टु पार्टी सिस्टम’ को वकालत किन गरिरहेका छन् भन्ने प्रस्ट हुन सकेको छैन । उनीहरूको यस्तो अभिव्यक्तिबाट अन्य दल खासगरी नेकपा माओवादी केन्द्र सशंकित भएको छ ।‘यो मुलुकमा जति धेरै पार्टी त्यति धेरै अस्थिरत