बर्खा आयो, मल आएन

गण्डकी प्रदेशमा ५ हजार मेट्रिक टन युरिया र २ हजार ५ सय मेट्रिक टन डीएपी मलको माग छ । तर, केन्द्रले युरिया ३ हजार ८० र डिएपी १ हजार ३२० मेट्रिक टन मात्रै पुर्याउन सकेको छ ।

सम्बन्धित सामग्री

बर्खा आयो, मल आएन

१४ असार, पोखरा । पोखरा महानगरपालिका २५ हेमजामा खेती किसानी गर्दै आएका हरिप्रसाद तिमिल्सिना यसपटक खेतबारीमा प्राङ्गारिक मल प्रयोग गर्ने सोचमा छन् । करिब ८ रोपनी क्षेत्रफलमा उनी धान रोप्ने तयारीमा छन् । तर, समयमै मल नपाइने निश्चितजस्तै भएपछि उनी प्राङ्गारिक मलतिर सोझिएका हुन् । ‘घरमा वस्तुभाउ पनि पालेको छु । तिनीहरुको मलमुत्र नै योपालि […]

कैलालीका किसानको गुनासो : बर्खा आयो, मल आएन

धान रोप्ने वेला कैलालीका किसानलाई मलको प्रतीक्षामा बस्नुपर्ने बाध्यता भएको छ । धान रोप्नका लागि बेर्ना तयार भए पनि रासायनिक मल नआएपछि रोपाइ गर्न ढिलाइ भएको किसानको गुनासो छ । ‘धान रोप्दा  डिएपी मल चाहिन्छ,’ धनगढीका पदम भण्डारीले भने, ‘तर अहिले सम्म मल पाइएको छैन, बेर्ना तयार भइसक्यो ।’ आफ्नो जमिन पानी जम्ने होचो स्थानमा रहेको बताउँदै उनले वर्षा सुरु हुनअघि नै रोपाई गरिनसके पछि खेत बाँझै राख्नुपर्ने अवस्था आउन सक्ने बताए । ‘वर्षा सुरु भएपछि खेतमा पानीको ताल

कास्कीमा रासायनिक मल पर्याप्त

बर्खा सुरु भइसकेको छ। किसान खेत ओर्लिसकेका छन्। असारे चटारोसँगै किसानलाई रासायनिक मलको चिन्ता भने छैन। विभिन्न जिल्लामा रासायनिक मल पर्याप्त नहुँदा किसान आन्दोलन गर्न सडकमै उत्रिएका थिए। कास्कीमा भने रासायनिक मलको अभाव नभएको पोखरा महानगरपालिका कृषि महाशाखाले जनाएको छ।