फुटको संघारमा जसपा र लोसपा

मधेसवादी दल पन विभाजन उन्मुखमा देखिएका छन् । विभिन्न ६ पटी मिलेर राष्ट्रिय जनता पार्टीको घोषणा भएको थियो । राजपा र संघीय समाजवादी पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) गठन भएको थियो । तर एक वर्ष नपाद जसपा विभाजन भयो । जसमा विभाजन भएर गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जसपा पनि फुटको संघारमा पुगेका छन् । अहिलेको जसपा र लोसपामा बिबाद चर्किँदै गर्दा सी दुवै दल औपचारिक रूपमै विभाजन हुँदै छन् । राजधानी दैनिकमा सुभाष साहले खबर लेखेका छन् ।