कृष्ण जन्माष्टमी: पाटनको कृष्ण मन्दिरमा श्रद्धालुको घुइँचो (तस्बिरहरू)

काठमाडौं, भदौ ३ । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा शुक्रबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा भक्तजनहरु पूजा आराधनाका लागि बिहानै कृष्ण मन्दिर पुगेका छन्। हिन्दु धर्मकाअनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमीका रुपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन छ । […]