डोटी आलेलाई छाडेर कैलालीबाट चुनाव लड्दै कांग्रेसका बलायर

कैलाली : नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति वीरबहादुर बलायर कैलाली ४ बाट निर्वाचन लड्ने भएका छन्। यसअघि गृहजिल्ला डोटीबाट निर्वाचन लड्ने अडान लिँदै आएका बलायर अन्ततः कैलाली ४ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लड्ने भएका हुन्। सत्ता गठबन्धनमा एकीकृत समाजवादीका नेता प्रेम आलेले पनि डोटीबाटै लड्ने अडान राखेपछि बलायरलाई कैलाली ४ ल्याउने तयारी गरिएको बताइएको छ।२०७४ सालमा वाम गठबन्धनबाट प्रेम आलेले डोटीमा बलायरलाई पराजित गर्दै निर्वाचन जितेका थिए।तर यहाँ क्षेत्र