राजसंस्था र हिन्दुराष्ट्र पुर्नस्थापनाको माग गर्दै राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज राजसंस्था र हिन्दुराष्ट्र पुर्नस्थापनाको माग गर्दै काठमाडौंमा प्रर्दशन र सभा गर्ने भएको छ। दिउँसो १२ बजे भद्रकालीबाट र्याली सुरु भई शहीदगेट हुँदै रत्नपार्क पुगेर सभामा परिणत हुनेछ। सभालाई पार्टीका तीनै जना अध्यक्ष कमल थापा, पशुपतिशम्मेर राणा र डाक्टर प्रकाशचन्द्र लोहनीले सम्बोधन गर्ने नेता मोहन श्रेष्ठले जानकारी दिए।