नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको पदमा निर्वाचित भएलगत्तै राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो महिना (साउन) को आर्थिक स्थितिबारे प्रतिवेदन प्रकाशित गरेको थियो । प्रतिवेदनमा अर्थतन्त्रको सूचक सन्तोषजनक थिएन । प्रतिवेदनअनुसार साउनमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोड रुपैयाँ घाटामा थियो भने बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन १.६ प्रतिशतले घटेको थियो ।यी दुई वटै सूचक प्रकाशित भएदेखि नै सरकार र राष्ट्र बैंकबीच अघोषित रूपमा द्वन्द्व सुरु भएको थियो । आफूले विरासतमा पाएको