पाकिस्तानका सांसद् जावेद राजद्रोहको आरोपमा पक्राउ

एजेन्सी। पाकिस्तानी सांसद् जावेद लतिफलाई राजद्रोहको आरोपमा पक्राउ गरिएको छ। सीआईएद्वारा पक्राउ परेका उनी पूर्वप्रधानमन्त्री नवाज सरिफका निकट सहयोगी हुन्। लतिफले सरकारी संयन्त्रमाथि अपमानजनक टिप्पणी गरेको आरोप लगाइएको छ। लतिफलाई पक्राउ गरिएकोमा विपक्षी दलका सांसदहरुले नेसनल एसेम्ब्लीमा तीव्र आलोचना गरेका छन्।