रोल्पामा दुई ओटा कोल्ड स्टोर निर्माणको काम अन्तिम चरणमा

माघ १२, रोल्पा । रोल्पामा दुई ओटा कोल्ड स्टोर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । तरकारीको पकेट क्षेत्र मानिएको रोल्पाको त्रिवेणी र रुन्टिगढीका लागि त्रिवेणी गाउँपालिका–२ दहबन र फलफूलको पकेट क्षेत्र जिनाबाङका लागि गंगादेव गाउँपालिका–३ मनिमारेमा कोल्ड स्टोर निर्माण भइरहेको छ ।  लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण भएको कोल्ड स्टोर अबको केही दिनमै हस्तान्तरण गर्ने गरी काम भइरहेको कोल्ड स्टोरका सुपरीवेक्षण इञ्जिनियर सुरेश घर्तीमगरले जानकारी दिए । ‘दुवै कोल्ड स्टोर निर्माणको काम ९५ प्रतिशत सम्पन्न भएको छ’ इञ्जिनियर घर्तीले भने ‘अबको केहि सातामै कोल्ड स्टोर सञ्चालनमा आउने गरी काम भइरहेको छ ।’ प्रदेश सरकारको साढे ५ करोड लागतमा निर्माण भइरहेको दहबनस्थित कोल्ड स्टोरको क्षमता ५०० मेट्रिक टन रहेको छ भने साढे २ करोड लागत रहेको जिनाबाङमा निर्माण भइरहेको कोल्ड स्टोरको क्षमता २०० मेट्रिक टन रहेको छ । कोल्ड स्टोर निर्माण भएसँगै यस क्षेत्रका किसानहरु हर्षित भएका छन् ।  यस क्षेत्रमा उत्पादन हुने तरकारीलाई बेमौसममा विक्री गर्न सकिने भएपछि आफूहरु हर्षित भएको साना किसान सहकारी संस्थाकी अध्यक्ष प्रमिला पुनने बताए । ‘यसअघि वर्षायाममा उत्पादित तरकारीले बजार नपाएर हैरान हुने गरेका थियौं’ पुनले भने ‘अब उक्त समस्या हट्ने भएपछि हामी खुसी छौं ।’ यस्तै स्याउ, किबी र आलुको उत्पादनमा फरक पहिचान बनाएको रोल्पाको जिनाबाङका किसानले पनि राहत महसुश गरेका छन् । कोल्ड स्टोरले यहाँ उत्पादन हुने स्याउ र आलुले राम्रो मूल्य पाउनेमा आफूहरु ढुक्क भएको किसानका लागि कृषक समूहका अध्इक्ष अमृत केसीले बताए ।  ‘यसअघि कुहिने डरले सस्तो मूल्यमै स्याउ बेच्दै आएका थियौं’ केसीले भने ‘अब हामीले बेमौसममा राम्रो मूल्यमा विक्री गर्न पाउने भएका छौं ।’

सम्बन्धित सामग्री

डेमो बनेर बसेका छन् करोडौँ लगानीमा बनेका ‘कोल्ड स्टोर’

२९ मंसिर २०७७ मा कर्णाली प्रदेशको प्रवेशद्वार भेरीगंगा नगरपालिका– १०, छिन्चुमा २०० मेक्ट्रिटन क्षमताको कोल्ड स्टोर (शीत भण्डारणगृह) सञ्चालनमा आयो ।

सुरु नहुँदै भत्कियो कोल्ड स्टोर

जिल्लाको पहाडी गाउँपालिका बंगलाचुलीमा निर्माण भएको कोल्ड स्टोर प्रयोगमा नआउँदै भत्किएको छ । बंगलाचुली गाउँपालिका-५ मुर्कुटीमा निर्माण भएको कोल्ड स्टोर प्रयोगमा नआउँदै भत्किएको हो । निर्माण गर्दा उपयुक्त स्थान छनोट गर्न नसक्दा यस प्रकारको समस्या भएको बताइएको छ । पहाडी क्षेत्रमा उत्पादन भएका वस्तु भण्डारणका लागि सहजता होस् भनेर उक्त स्थानमा कोल्ड स्टोर निर्माण गरिएको […]

‘कोल्ड स्टोर’ निर्माणपछि भण्डारणमा सहज

काठमाडौँ, ९ चैत । सप्तरीको बोदे बर्साइन नगरपालिकामा तरकारी तथा फलफूल लामो समयसम्म भण्डारण गर्ने उद्देश्यले ‘कोल्ड स्टोर’ निर्माण सुरु गरिएको छ । वडा नं २ बैरियामा निर्माण गरिएको सात सय मेट्रिक टन क्षमताको अत्याधुनिक कोल्ड स्टोर शिलन्यासमा नगरप्रमुख आतेशकुमार सिंहले यसले किसानलाई आलु, प्याज तथा अन्य तरकारी भण्डारणमा सहयोग पुग्ने बताए। नगरप्रमुख सिंहले लामो […]

चितवनमा दुई करोडको लागतमा कोल्ड स्टोर संचालनमा

दूधमा आत्मनिर्भर जिल्ला चितवनमा २ सय २५ मेट्रिक टन क्षमताको सामूहिक शीत भण्डार (कोल्ड स्टोर)को समुदघाटन भएको छ । दूध तथा दुग्धपदार्थका लागि नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय...

९० लाखमा बनेको कोल्ड स्टोर उपयोगविहीन

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा निर्माण गरिएको कोल्ड स्टोर (चिस्यान केन्द्र) उपयोगविहीन भएको छ। संघीय सांसद निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा ९० लाखको खर्चमा निर्माण गरिएको चिस्यान केन्द्र उपयोग विहीन बनेको हो। उद्घाटन गरिएको ६ महिना बित्दा समेत कोल्ड स्टोरलाई निर्धारित लक्ष्यअनुसार सञ्चालनमा […]

९० लाखमा बनेको ‘कोल्ड स्टोर’ उपयोगविहीन

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुईपामा निर्माण गरिएको कोल्ड स्टोर (चिस्यान केन्द्र) उपयोगविहीन भएको छ । संघीय सांसद् निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा ९० लाखको खर्चमा निर्माण गरिएको चिस्यान केन्द्र उपयोगविहीन बनेको हो । उद्घाटन गरिएको ६ महिना बित्दासमेत कोल्ड स्टोरलाई निर्धारित लक्ष्यअनुसार सञ्चालनमा ल्याउन […]

खोटाङको बुइपामा ३० टन क्षमताको कोल्ड स्टोर निर्माण

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा कोल्ड स्टोर (चिस्यान केन्द्र) निर्माण गरिएको छ । संघीय सांसद निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा ३० टन भार क्षमताको कोल्ड स्टोर निर्माण गरिएको हो । ९० लाखको खर्चमा निर्माण गरिएको चिस्यान केन्द्र शुक्रबार प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन […]

कर्णालीमा ‘कोल्ड स्टोर’ नहुँदा खोप आपूर्तिमा समस्या

काठमाडौं । कर्णाली प्रदेशका अधिकांश जिल्लामा कोल्ड स्टोर नहुँदा कोरोनाको खोप भण्डारण तथा व्यवस्थापनमा समस्या भएको छ । सुर्खेत र जुम्ला बाहेकका जिल्लामा पूर्ण क्षमताका कोल्ड स्टोर नहुँदा खोप आपूर्तिमा समस्या भएको हो । खोप भण्डारणको समस्याका कारण प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जिल्लाहरुमा हवाइजहाज तथा स्थलमार्गबाट तत्काल आवश्यक खोप आपूर्ति गर्दै आएको जनाइएको छ । […]

कर्णालीमा ‘कोल्ड स्टोर’ नहुँदा कोरोनाविरुद्धको खोप भण्डारणमा समस्या

कर्णाली– कर्णालीका अधिकांश जिल्लामा पूर्ण क्षमताका ‘कोल्ड स्टोर’ नहुँदा कोरोनाको खोप भण्डारण तथा व्यवस्थापनमा समस्या देखिएको छ। सुर्खेत र जुम्ला बाहेकका जिल्लामा पूर्ण क्षमताका ‘कोल्ड स्टोर’ नहुँदा खोप आपूर्तिमा कठिनाइ भएको देखिएको हो। ती जिल्लामा खोप भण्डारणको समस्याले गर्दा प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले तत्काल आवश्यक खोप मात्र आपूर्ति गर्दै आएको छ। निर्देशनालयका अनुसार कर्णालीका हुम्ला, […]

कर्णालीमा खोप राख्नेः ‘कोल्ड स्टोर’ नहुँदा समस्या

काठमाडौं। कर्णालीका अधिकांश जिल्लामा पूर्ण क्षमताका ‘कोल्ड स्टोर’ नहुँदा कोरोनाको खोप भण्डारणमा समस्या देखिएको छ। सुर्खेत र जुम्ला बाहेकका जिल्लामा ‘कोल्ड स्टोर’ नहुँदा खोप आपूर्तिमा कठिनाइ भएको देखिएको हो। ती जिल्लामा खोप भण्डारणको समस्याले गर्दा प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले तत्काल आवश्यक खोप मात्र आपूर्ति गर्दै आएको छ। हाल प्रदेशमा जोन्सन एण्ड जोन्सन र भेरोसेलको खोप अभियान चलिरहेको छ।