बेनी–गलेश्वर सडक खण्डकाे स्तरोन्नतिका लागि आजदेखि १५ दिन म्याद थप

म्याग्दी – हिमालपारिको जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत बेनी–गलेश्वर खण्डमा गाडी रोकेर सडक स्तरोन्नतिको काम भइरहेको छ । बेनी–गलेश्वर खण्ड स्तरोन्नति गर्नका लागि अहिले दैनिक साढे छ घण्टा सडक बन्द गरिएको हो । सडक खण्ड स्तरोन्नतिको कामलाई तीव्रता दिन हिजो (सोमवार) जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बसेको बैठकमा बेनी–गलेश्वर खण्डमा यातायात सञ्चालन गर्न र बन्द हुने समयतालिका बनाइएको छ । प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको अध्यक्षतामा राजमार्ग–सडक अवरोध हटाउन जिल्ला ...