नेप्से परिसूचकले बनायो नयाँ रेकर्ड : ९ अर्ब ५७ करोड बराबरको शेयर कारोबार

जेठ ३, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचकले कीर्तिमानी उचाइ कायम गरेको छ । योदिन नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २० दशमलव ७१ अंक अर्थात् शून्य दशमलव ७६ प्रतिशतले वृद्धि भएर २ हजार ७५९ दशमलव २१ विन्दुमा पुगेको हो ।  कारोबारमा आएका २१८ ओटा कम्पनीको १ करोड ९० लाख ५६ हजार २३६ कित्ता शेयरको १ लाख १ हजार ९१८ पटकमा रू. ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार १३९ बराबरको शेयर खरीदविक्री भएको छ । यसदिन कारोबारमा आएका ती कम्पनीहरुमध्ये ११ ओटा कम्पनीको शेयर मूल्यमा सर्किट लेबलमा वृद्धि भएको छ ।  योदिन सबैभन्दा बढी रू रू जलविद्युत् परियोजनाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९६८ पुगेको छ ।  त्यसैगरी समता घरेलु लघुवित्तको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत,राधी जलविद्युत् कम्पनीको ९ दशमलव ९४ प्रतिशत,कर्पोरेट डेभलपमेण्ट बैंकको ९ दशमलव ९३ प्रतिशत, प्रोग्रेशिभ फाइनान्सको ९ शदमलव ९१ प्रतिशत,गुराँस लघुवित्तको ९ दशमलव ८९ प्रतिशत,बरुण हाइड्रोपावरको ९ दशमलव ८८ प्रतिशत,पञ्चकन्या माई हाइड्रोपावरको ९ दशमलव ७५ प्रतिशतले वृद्धि भएको छ ।  त्यसैगरी नेपाल फाइनान्सको ९ दशमलव ७३ प्रतिशत,रिडी हाइड्रोपावरको ९ दशमलव ७२ प्रतिशत र खानी खोला हाइड्रोपावरको ९ दशमलव ५ प्रतिशतका दरले वृद्धि भएको छ । त्यसैगरी योदिन सर्वाधिक कारोबार गर्नेमा भने नेपाल पुनर्बीमा कम्पनी रहेको छ । उक्त कम्पनीको रू. ६६ करोड १ लाख ८१  हजार बरावरको शेयर खरीदविक्री भएको छ । दोस्रोमा भने नेपाल टेलिकमको रू. ४२ करोड ६९ लाख ९० हजार बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ ओटा समूहमध्ये होटल एण्ड टुरिजम समूहको परिसूचक शून्य दशमलव ३९ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव शून्य २ प्रतिशत र उत्पादन प्रशोधन समूहको परिसूचक शून्य दशमलव ७२ प्रतिशतले घटेको छ भने बाँकी समूहको परिसूचक बढेसँगै समग्र नेप्से परिसूचक बढेको हो ।  यसदिन सबैभन्दा बढी त्यसैगरी अन्य समूहको परिसुचक पनि २ दशमलव ६३ प्रतिशतका दरले वृद्धि भएको छ । हाइड्रोपावर समूहको परिसूचक भने २ शदमलव ५२ प्रतिशतले वृद्धि भएको छ ।  यसदिन लगानीकर्ताको आकर्षण जलविद्युत् कम्पनीको शेयरमा परेको देखिएको छ । सोही कारण यसदिन अधिकांश जलविद्युत् कम्पनीहरुको शेयर मूल्यमा उच्च दरमा वृद्धि भएको छ ।   अधिकांश सूचीकृत कम्पनीहरुले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त अवधिमा औषतमा कम्पनीहरुले राम्रो मुनाफा आर्जन गरेका छन् । त्यस्तै ब्याजदर पनि सस्तो छ भने वित्तीय प्रणालीमा सहज तरलताको अवस्था छ । यसले गर्दा पनि बजार अझै माथि जानसक्ने लगानीकर्ताहरुले अनुमान गरेका छन् ।   

सम्बन्धित सामग्री

शेयर कारोबार हुने साताको अन्तिम दिन दोहोरो अंकले बढ्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज १८ दशमलव शून्य नौ अंकले उकालो लागेर दुई हजार एक सय ४३ दशमलव ९३ मा पुगेको छ । आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५१ अंकले उकालो लागेर चार […]

नेप्से परिसूचकको ओरालो यात्रा जारी

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक २७ दशमलब ९२ अङ्कले ओरालो लागेर दुई हजार १० दशमलब शून्य एकमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलब ७६ अङ्कले ओरालो लागेर तीन सय ८७ दशमलब …

यस्तो रह्यो मौद्रिक नीतिपछिको पहिलो शेयर कारोबार

मौद्रिक नीतिपछि भएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज उछाल देखिएको छ । शुक्रबार मात्रै नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको थियो । सो नीतिमा शेयर धितो कर्जाबापत लिन पाउने ऋणको तल्लो सीमा हटाइएको थियो । शेयर धितो कर्जाबापत रु १२ करोडसम्म ऋण लिन पाउनेलगायत प्रबन्ध गरिएपछि त्यसको …

मौद्रिक नीतिपछिको पहिलो शेयर कारोबार : नेप्से परिसूचकमा उछाल

काठमाडौँ- मौद्रिक नीतिपछि भएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज उछाल देखिएको छ । शुक्रबार मात्रै नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको थियो । सो नीतिमा शेयर धितो कर्जाबापत लिन पाउने ऋणको तल्लो सीमा हटाइएको थियो । शेयर धितो कर्जाबापत रु १२ करोडसम्म ऋण लिन पाउनेलगायत प्रबन्ध गरिएपछि […]

नेप्से परिसूचक ३७ अङ्कले ओरालो लाग्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ३७.०६ अङ्कले ओरालो लागेर दुई हजार २३८.६२ अङ्कमा ओर्लिएको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.३४ अङ्कले ओरालो लागेर ४३२.५५ मा सीमित भएको छ । कूल …

शेयर कारोबार मापक नेप्सेमा झिनो अङ्कको गिरावट

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्सेमा ३.६६ अङ्कले ओरालो लागेर दुई हजार ५४३.३९ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटि परिसूचक १.३० अङ्कले बढेर ४९०.१३ मा पुगेको छ । कूल २३० कम्पनीको ५१ लाख ३९ […]

नेप्से परिसूचकसँगै सुस्तायो शेयर कारोबार रकम

साताको तेस्रो शेयर बजार घटेर बन्द भएको छ । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचकसँगै कारोबार रकम समेत घटेको छ ।

३० अङ्कले घट्यो नेप्से , ८ अर्ब माथिको शेयर कारोबार

काठमाडौँ । केही दिन यता लगातार बढिरहेको नेप्से परिसूचक आज (बुधबार) भने घटेको छ । बुधबार नेप्से परिसूचक ३० दशमलव ५१ अङ्कले घटेर १८ सय ३ दशमलव ३२ अङ्कमा झरेको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने उच्च देखिएको छ । बुधबार शेयर कारोबार रकम ८ अर्ब माथि पुगेको छ । १ करोड […]

७३ अंकले बढ्यो नेप्से परिसूचक, ७ अर्ब माथिको शेयर कारोबार

२५ पुस, काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ७३ अंकभन्दा धेरैले बढेको छ । आइतबार कारोबार खुला भएसँगै बढ्ने क्रम शुरु भएको नेप्से परिसूचक ७३.०१ अंकले बढेर २ हजार ७ सय ६५ दशमलव ४७८ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १३ दशमलव २१ […]

रिडी हाइड्रोपावरको शेयर कारोबार रोक्का

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । रैराङ हाइड्रोपावर कम्पनीसँग एक आपसमा गाभिने भएपछि सोमबारदेखि रिडीको शेयर कारोबार रोक्का गरिएको हो। यी दुई कम्पनीले १७ कात्तिकमा एक आपसमा गाभिनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । दुबै कम्पनीको संयुक्त कारोबार सुरु नहुन्जेलका लागि दोस्रो बजारमा रिडी हाइड्रोपावरको […]