साना तथा मझौला उद्योगमध्ये ५० प्रतिशत उद्योग ऋणका लागि सहकारी संस्थाको भर पर्ने गरेको पाइएको छ । बैंकहरूको सेवा सरल र प्रभावकारी नहुँदा उद्योगीहरू सहकारीबाट चर्को ब्याजदरमा ऋण लिन बाध्य भएका हुन् ।
नेपाल राष्ट्र बैंकले गरेको अध्ययनमा ५० प्रतिशतमात्र साना तथा मझौला उद्योगले बैंकबाट ऋण पाउने गरेको उल्लेख गरेको छ । बैंकहरूले साना तथा मझौला (एसएमई) कर्जालाई प्राथमिकता दिने भन्दै प्रचार गरेपनि सेवा प्रभावकारी हुन नसक्दा उद्योगीहरूले सहकारीबाट ऋण लिने गरेका हुन् ।