कोभिड–१९ का कारण प्रिमियर लिग अन्तर्गतको खेल स्थगित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार रातिका लागि तय भएको म्यानचेस्टर युनाइटेड र ब्रेन्टफोर्डबीचको खेल कोरोना भाइरसको संक्रमणका कारण रोकिएको छ । स्वास्थ्य सल्लाहकारहरुको सल्लाहमा खेल पछि सारिएको लिगले जनाएको छ । गएको हप्ता प्रिमियर लिगका ४२ खेलाडी तथा पदाधिकारीमा संक्रमण पुष्टि भएको थियो । ब्राइटन, टोटनह्याम, लेस्टर सिटी, एस्टन भिल्ला र नर्विच सिटीले आफ्ना […]

सम्बन्धित सामग्री

ब्राजिल र अर्जेन्टिनाको खेल पुनः हुने

काठमाडौं, ३ फागुन : विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले कतार विश्वकप-२०२२ को दक्षिण अमेरिकी छनोटअन्तर्गत ब्राजिल र अर्जेन्टिनाबीच स्थगित खेल पुनः खेलाइने भएको छ । सेप्टेम्बरमा ब्राजिलको घरेलु मैदान सान पाओलोमा खेल चलिरहँदा कोभिड-१९ संक्रमणको मापदण्ड उल्लंघन गरिएको भन्दै ब्राजिलका स्वास्थ्य अधिकारीहरू मैदान प्रवेश गरेपछि खेल स्थगित भएको थियो । इंग्लिस प्रिमियर लिग खेलिरहेका तीन अर्जेन्टिनी […]

प्रिमियर लिगका दुई खेल स्थगित

काठमाडौँ – कोभिड १९ को ओमिक्रोन भेरियन्ट फैलिन थालेपछि इंग्लिस प्रिमियर लिग फुटबलका दुई खेल रद्द गरिएको छ । आइतबारका लागि तय गरिएका लिभरपुल र लिड्स युनाईटेड तथा वुल्भ्स र वार्टफोर्डबीचको खेल रद्द गरिएको हो । आइतबार मध्यरातीका लागि खेल तय गरिए पनि आधा दर्जन बढी खेलाडीमा ओमिक्रोन संक्रमण भएपछि खेल रद्द गरिएको हो । […]

आइपीएलको बाँकी खेल आजबाट, चेन्नाई र मुम्बई भिड्दै

३ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको १४औं संस्करणका बाँकी खेलहरु आजदेखि सुरु हुँदैछ । भारतमा कोरोनाभाइरस महामारीले गर्दा बीचमै स्थगित भएको आइपीएल २०२१ को बाँकी खेल युएईमा आजबाट सुरु लागेको हो । भारतमा २९ खेल भएपछि गत मेमा केही खेलाडीलाई कोभिड-१९ संक्रमण भएपछि बीचमै स्थगित गरिएको थियो । दुबईस्थित दुबई इन्टरनेशन […]

ब्राजिल र अर्जेन्टिनाबीचको विश्वकप छनोट नाटकीय रुपमा स्थगित

ब्राजिल र अर्जेन्टिनाबीचको विश्वकप फुटबल २०२२ को छनोट खेल स्थगित भएको छ । ब्राजिली स्वास्थ्य अधिकारीहरुले मैदानमै प्रबेश गरेर खेल अबरुद्ध गरेका हुन । ब्राजिलको नेउ क्विमिका एरेना पिचमा खेल सुरु भएको पाँच मिनेटपछि ब्राजिली स्वास्थ्य अधिकारीहरु मैदानमै प्रवेश गरेर छनोट खेल्न उत्रेका खेलाडीले कोभिड १९ सम्बन्धी सरकारी मापदण्डको पालना नगरेको भन्दै अबरुद्ध गर्न पुगे । ब्राजिली अधिकारीहरुले बेलायत, दक्षिण अफ्रिका वा भारतमा गएको १४ दिनभित्र भ्रमण गरेका खेलाडीको मापदण्ड बमोजिम ब्राजिल प्रबेश गर्न निषेध गरिएको छ । ब्राजिली नागरिकले मात्रै यस्तो प्रबेश पाउने ब्यवस्था गरिएको छ । तर प्रिमियर लिग खेलेका खेलाडी बेलायतबाट फर्केका हुनाले ब्राजिली अधिकारीहरुले बिरोध गरेका हुन । आष्टन भिल्लाका गोलकिपर एमिलिआनो मार्टिनेज र टटनहमका क्रिष्चियन रोमेरो, जियोभानी लो सेल्सोले कोभिड प्रोटोकल उल्लघंन गरेको बताइएको छ ।

आईपीएलका बाँकी खेल भारतमा सम्भव छैन : गांगुली

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) का बाँकी खेल भारतमा नुहने पक्का भएको छ। केही खेलाडी तथा कर्मचारी कोभिड–१९ संक्रमित भएपछि आईपीएफ बीचमै स्थगित भएको थियो। भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गांगुलीले भारतमा प्रतियोगिता गर्न असम्भव रहेको बताए। इङ्ल्यान्डले प्रतियोगिता गर्न गरेको प्रस्तावमा छलफल भइरहेको गांगुलीले बताए। बाँकी ३१ खेलका लागि आईसीसीबाट समय पाउने विषय पनि निश्चित भइसकेको छैन।

आईपीएलका बाँकी खेल भारतमा सम्भव छैन : गांगुली

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) का बाँकी खेल भारतमा नुहने पक्का भएको छ। केही खेलाडी तथा कर्मचारी कोभिड–१९ संक्रमित भएपछि आईपीएफ बीचमै स्थगित भएको थियो। भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गांगुलीले भारतमा प्रतियोगिता गर्न असम्भव रहेको बताए। इङ्ल्यान्डले प्रतियोगिता गर्न गरेको प्रस्तावमा छलफल भइरहेको गांगुलीले बताए। बाँकी ३१ खेलका लागि आईसीसीबाट समय पाउने विषय पनि निश्चित भइसकेको छैन।

पीएसएल जुन महिनामा पुनः सुचारु हुने

सन् २०२१ संस्करणको पाकिस्तान सुपर लिग(पीएसएल)को बाँकी खेल आगामी जुन महिनामा हुने भएको छ । कोभिड १९ बाट एकपछि अर्को खेलाडी सङ्क्रमित हुन थालेपछि मार्च सुरुमा प्रिमियर लिग स्थगित हुन पुगेको थियो । पाकिस्तान क्रिकेट बोर्ड(पीसीबी), पीएसएलका पदाधिकारी तथा फ्रेञ्चाइजहरुसँगको छलफलपछि जुन महिनामा सुचारु गर्ने सहमति भएको हो । पीसीबीले कोरोनाभाइरसको विरुद्धको निर्देशिकालाई समेत परिमार्जन गर्न थालेको छ । सुपर लिगकै क्रममा उच्च सतर्कताका बावजुद खेलाडी सङ्क्रमित भएको सम्बन्धमा अनुसन्धान गर्न दुई सदस्य समिति गठन गरिएको छ ।