जापानबाट पर्सिसम्म आठ लाख डोज खोप आइपुग्ने

काठमाडौं : जापान सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएकोमध्ये बाँकी रहेको आठ लाख डोज खोप पर्सिसम्म काठमाडौं आइपुग्ने भएको छ।यसअघि नै आठ लाख डोज आइसकेकोमा बाँकी रहेको आठ लाख डोज शनिबार र सोमबार काठमाडौं आउन लागेको स्वाथ्य मन्त्रालयको परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख झलक शर्मा गौतमले जानकारी दिए। जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत १६ लाख १४ हजार ७४० डोज अस्ट्राजेनेका खोप सहयोग गरेको हो। त्यसमध्ये आधा खोप २३ र २४ गते काठमाडौंमा आइपुगेको थियो।प्राप्त भएको खोप प्राथमिकताका आधारमा लगा