मनसुनको न्यून चापीय रेखा नेपाल नजिक, तीन दिन लगातारजसो पानी पर्ने सम्भावना

काठमाण्डाै - अबको तीन दिन धेरै ठाउँमा पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । आज, भोलि र पर्सि धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले बताउनुभयो । उहाँका अनुसार आज दिउँसो प्रदेश-१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान छ । यस्तै, राति प्रदेश-१ र मधेस प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अन्य प्रदेशमा भने हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् हिरा भट्टराईले जानकारी द...