मौद्रिक नीतिको पहिलो चौमास समीक्षा क्रममा रहेको राष्ट्र बैंकले मार्जिन ल्यान्डिङ (धितोपत्र कर्जा) सीमा परिमार्जन नगर्ने भएको छ । चालू आर्थिक वर्ष २०७८/७९ का लागि ल्याइएको मौद्रिक नीतिको पहिलो चौमास समीक्षा गर्दैगर्दा राष्ट्र बैंकले यस्तो संकेत गरेको हो ।कार्यान्वयनको करिब तीन महिनाभित्रै मौद्रिक नीतिमा कुनै हेरफेर नहुने राष्ट्र बैंकले प्रष्ट पारेको छ । ‘यसअघिको अभ्यासलाई हेरे हुन्छ । मौद्रिक नीति कार्यान्वयनमा आएको दुई–तीन महिनामा नै परिमार्जन भएको इतिहास छैन,’ स्रोतले रातोपाटी