बोरिस जोनसनलाई किन राजीनामा दिन बाध्य पारियो ?

लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसन विगत केही दिनदेखि निकै तनाब र दबाबमा रहेका थिए । हालै उनको विरोधमा धेरै मन्त्रीहरूले राजीनामा दिएका थिए, त्यसपछि जोनसनलाई पदमा रहन झन् कठिन भएको थियो । उनीमाथि प्रधानमन्त्रीको कुर्सी छाड्न दबाब बढ्दै गएको थियो । तर, जोनसनले बिहीबारसम्म आफ्नो राजीनामा अस्वीकार गरिरहे।