काठमाण्डाै - मेयर कप एक दिवसीय क्रिकेटमा त्रिभुवन आर्मी क्लब अलआउट भएको छ ।
मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आर्मी क्लब ३० ओभर १ बलमा नै अलआउट भयो । आर्मीले मात्र ८७ रन बनाउन सक्यो । आर्मीका लागि लोकेश बमले ३२, विक्रम सोबले १४ र रोहित पौडेलले १३ रन जोड्नुबाहेक अरुले दोहोर अङ्क जोड्न सकेनन् ।
नेपाल पुलिस क्लबका लागि सागर ढकालले ५ विकेट लिए भने पवन सर्राफले ३ र ललित राजवंशीले २ विकेट लिए । अहिले ८८ रनको लक्ष्य पछ्याइरहेको पुलिसले ब्याटिङ गरिरहेको छ ।