ताप्लेजुङमा एक जना कोरोना सङ्क्रमितको  मृत्यु

ताप्लेजुङमा कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–५ का कोरोना सङ्क्रमित भक्ति माया तुम्बाहम्फे लिम्बूको गए राति मृत्यु भएको हो । बिर्ता सिटी अस्पतालबाट शुक्रबार घर फर्किएकी ८५ वर्षीय लिम्बूको गए राति सङ्क्रमणका कारण मृत्यु भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।मुटुको समस्याका कारण विगत केही दिनअघिदेखि बिर्ता सिटी अस्पतालमा उपचाररत लिम्बूलाई बिहीबार सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण देखिएपछि परिवारले होम क्वारेन्टिनमा राख्ने भन्दै शुक्रबार घर ल्य