कांग्रेस संखुवासभाका सभापति खड्काले दिए राजीनामा

संखुवासभा : नेपाली कांग्रेस जिल्ला कार्य समिति संखुवासभाका सभापति दीपक खड्काले राजीनामा दिएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै खड्काले सभापति पदबाट राजीनामा दिएका हुन्। प्रतिनिधिसभा सदस्य भएका कारण जिल्लाको पार्टी संगठनलाई चाहेर पनि पर्याप्त समय दिन नसक्ने भएपछि पार्टी सभापतिबाट राजीनामा दिएको खड्काले बताए ।प्रतिनिधिसभा सदस्य रहेको र प्रतिनिधिसभाको गतिविधिमा संलग्न हुनुपर्ने भएका कारण काठमाडौंमा धेरै समय बिताउनुपर्ने र जिल्लाको पार्टी सङ्गठनलाई पर्याप्त समय दिन नसकेको भन्दै रा