कर्मचारीको आन्दोलनले बझाङका सरकारी स्कुलको पढाइ बन्द

बझाङ : नेपाल विद्यालय कर्मचारी परिषद्को आन्दोलनका कारण बझाङका सरकारी विद्यालयको पठनपाठन बन्द भएको छ।कर्मचारी परिषद्ले भदौ १२ गते आइतबारदेखि देशभरका सरकारी विद्यालय एक हप्ता बन्द गर्ने घोषणा गरेअनुसार बझाङ जिल्लाका सरकारी स्कुलमा पढाइ बन्द भएको हो। परिषद्ले सरकारसमक्ष ८ बुँदे माग राख्दै आएकोमा सरकारले बेवास्ता गरेको भन्दै १२ गतेदेखि १८ गतेसम्म सरकारी विद्यालय बन्द गरिएको सत्यवादी माविका शिक्षक शेरबहादुर ओलीले बताए।सोहीअनुरुप बझाङको जयपृथ्वी नगरपालिकासहित जिल्लाका १२ वटै पालिकाका सर