रिया मनि ट्रान्सफर मार्फत् खल्तीमा पैसा प्राप्त गर्दा २ सय रुपैयाँ बोनस

अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले १६० देशबाट रिया मनि ट्रान्सफर प्रयोग गरी सिटी एक्सप्रेस मार्फत् पठाइएको रकम ‘खल्ती’ मा प्राप्त गर्दा रू. २०० बोनस प्राप्त गर्ने अफर ल्याएको छ। खल्तीमा केवाईसी प्रमाणित प्रयोगकर्ताले जुनसुकै समयमा  १६० देशबाट प्रति कारोबार १ लाख रुपैयाँ सम्म प्राप्त गर्न सक्ने खल्तीले जनाएको छ।खल्तीका अनुसार हरेक कारोबारमा रु २०० बोनस हुनेछ। साथै  प्राप्त रकम र बोनस स्वतः खल्तीमा लोड  हुनेछ र एपको ट्रान्ज्याक्सन सेक्सन भित्र देखा पर्नेछ ।खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले यो साझेदारीले  ग्राहकहरुलाई अनलाइन वा मोबाइल  प्रयोग गरी  संसारको जुनसुकै ठाउँबाट पैसा पठाउनको लागि अझै छिटो र अधिक सुरक्षित भुक्तानी गर्न मद्दत मिल्ने बताए । १६० भन्दा बढी देशहरू र  ५ लाख भन्दा बढी क्षेत्रहरूमा कार्यालय भएको रिया, विश्वको दोस्रो ठूलो नेटवर्कको साथ क्रस-बोर्डर भुक्तानीहरूको विश्वको अग्रणी प्रदायकहरू मध्ये एक हो  । पैसा पठाउनका लागि प्रयोगकर्ताले रिया एपमा गई सेन्ड मनीमा ट्याप गरेर सबै आवश्यक विवरण दाखिला गर्नुपर्नेछ र अन्त्यमा खल्ती चयन गरि रकम पठाउन सक्नेछन्। पैसा प्राप्त गर्ने व्यक्तिको हकमा भने रकम स्वतः खल्ती वालेटमा लोड हुनेछ। लोड भएको रकम  ट्रान्ज्याक्सन हिस्ट्रीबाट हेर्न सकिनेछ।