नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले फेरि पार्टी एकता हुनुपर्नेमा जोड दिएका छन् । नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरेर देशलाई आत्मनिर्भर अर्थतन्त्र र आर्थिक समृद्धि हासिल गर्दै सामाजिक न्याय स्थापनाका लागि राजनैतिक स्थिरता कायम गर्नुपर्नेमा उनको जोड छ । उनले कानुन, विधि र पद्धतिलाई अस्विकार गर्ने प्रवृत्ति, प्रतिक्रान्तिकारी शक्ति सन्तुलन र भूराजनीतिक प्रभावका कारण विगतमा पार्टी एकता सफल हुन नसकेको समेत बताएका छन् । ‘नेपाली कम्युनि