काठमाडौं, १२ माघ। प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताएका छन्। बिहीवार काठमाडौंमा मारवाडी सेवा समाजको सभालाई सम्बोधन गर्दै उनले अर्थतन्त्रका परिसूचकहरु राम्रो नभएको जनाएका हुन्। उनले आफूलाई अर्थतन्त्र चलायमान र गतिशिल बनाउने चुनौति रहेको स्पष्ट पारे। सरकारको पहिलो बैठकमा आफूले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमार्फत आर्थिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्ने दिशा निर्देश गरेको उनले बताए।