चिसोले कठ्यांग्रिएर सडकमै मान्छे मर्दा कहाँ छ सरकार?

काठमाडौं : गोकर्णेश्वर महादेव मन्दिर अगाडि एउटा सत्तल  छ। त्यही सत्तल पेटीमा पाँच जना बस्थे। उनीहरू त्यही सडकमा खाना पकाउँथे, खान्थे। तर, त्यसैमध्येका एक वृद्धा मंगलबारबाट बिरामी भइन्।उनी केही बोल्न र हलचल नै गर्न नसकेपछि ती वृद्धालाई स्थानीयले एम्बुलेन्समार्फत वीर अस्पताल लगे। तर, अस्पतालले उनलाई भर्ना गरेर उपचार नगर्ने बतायो।  त्यसपछि उनलाई फेरि त्यही सत्तल पेटीमै ल्याएर राखियो। तर,बुधबार ती वृद्धाको मृत्यु भयो।प्रहरी प्रभाग गोकर्णका अनुसार अन्दाजी ६० वर्षीय