माई खोलाको पानी गाउँ पस्दा ८४ घर डुबानमा, स्थानीयलाई अन्यत्र सारियो

झापा : झापा गाउँपालिका-१ स्थित मिलन बस्तीका घर डुबानमा परेका छन्।बुधबार राति परेको अविरल वर्षापछि ठूलो माई खोलाको पानीको बहाव ह्वातै बढेपछि गाउँमा पानी पसेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। माई खोलाको पानी गाउँमा पस्दा त्यहाँका ८४ घर डुबानमा परेका छन्। घरभित्र साढे २ फिट जति पानी छिरेकाले त्यहाँका स्थानीयलाई सुरक्षित स्थानतर्फ सारिएको डिएसपी थापाले बताए। इलाका प्रहरी कार्यालय कुमरखोदको टोलीले स्थानीय पालिकासँग समन्वय गरेर स्थानीयलाई अन्यत्र सारेका हुन्।'

सम्बन्धित सामग्री

बाढीको जोखिममा रहेका बाँके चौफेरी गाउँका ७५ घरपरिवारलाई सारियो

काठमाण्डौ – राप्ती नदीमा आएको बाढीले जोखिममा रहेका बाँके डुडुवा गाउँपालिका–१ को चौफेरी गाउँका ७५ घरपरिवारलाई सारिएको छ ।  बाढीले गाउँ पूरै डुबानमा परेर घरभित्रसमेत पानी पसेपछि गाउँ नजिकै रहेको आश्रयस्थलमा सारिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो ।  बाँकेका तल्लो तटीय क्षेत्रका झण्डै तीन सय घर डुबानमा परेका छन् । बाढीले घरभित्र पानी पसेर राखिएको अन्नपात लत्ताकपडा भिजेर क्षति पुर्याएको चौफेराका गणेश गुप्ताले बताउनुभयो । राप्ती नदी र ...