बदनामी कमाउँदै संघीयता

बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको एउटा घर यतिबेला सामाजिक सञ्जाल र अन्य मिडियामा भाइरल भएको छ, जहाँ घरको झ्यालैपिच्छे विभिन्न मन्त्रालयको बोर्ड टाँगिएको छ । १४ वटा मन्त्रालय र १८ जना मन्त्री बनाएको भन्दै आलोचना खेपिरहेको बागमती प्रदेश सरकारले भविष्यमा विस्तारित मन्त्री परिषदको औचित्य पुष्टि गर्न बाँकी नै छ ।उदाहरणीय काम गरेर जनतालाई सेवा र सुविधा उपलब्ध गराउन सके १४ वटा मन्त्रालय बनाउनु सायद आवस्यक र प्राविधिक कुरा नै हो भन्ने अनुभूति जनतालाई गराउन सकिएला । तर, अहिले भने हेटौंडाको त्यही घर