एकीकृत समाजवादीका चार मन्त्रीको यसरी भयो थमौती

गत आइतबार दिउँसो सवा तीन बजे २४ घण्टाभित्रै नेकपा एकीकृत समाजवादी  चार मन्त्री फिर्ता बोलाउने निर्णय भएको खबर सनसनीपूर्ण रूपमा फैलियो । सम्मानित नेता झलनाथ खनालले सचिवालय बैठकको हवाला दिँदै २४ घण्टाभित्रै चार मन्त्री फिर्ता बोलाउने निर्णय भएको खबर सार्वजनिक गरे ।त्यति बेलासम्म एकीकृत समाजवादीका पर्यटन मन्त्री प्रेम आले, श्रम मन्त्री किसान श्रेष्ठ, सहरी विकास मन्त्री रामकुमारी झाँक्री र स्वास्थ्य मन्त्री विरोध खतिवडाले सुइँको समेत पाएका थिएनन्। पार्टी निर्णय मिडिया मार्फत थाहा पाए लगतै पर्यट