लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश घोषणा

लुम्बिनी जनरल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ९.५२३८१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४७६१९ प्रतिशत नगद गरि कुल १० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजी एक अर्ब उन्नाइस करोड अठासी लाख नब्बे हजारको १० प्रतिशतले हुन आउने एघार करोड अन्ठानब्बे लाख उनानब्बे हजार लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उल्लेखित लाभांशमध्ये चुक्ता पूंजीको ९.५२३८१% ले हुन आउने एघार करोड एकचालिस लाख असी हजार बराबरको बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.४७६१९% ले हुन आउने सन्ताउन्न लाख नौ हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृत दिएपछि र कम्पनीको साधारण सभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ।

सम्बन्धित सामग्री

लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा लाभांश घोषणा

काठमाडौं, २७ माघ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १० प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट चुक्तापूँजीको ९.५२३८१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४७६१९ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश बीमा समितिबाट स्विकृत […]