केन्द्रको सत्ता समीकरणले बदलिएको परिदृश्य, गण्डकीमा को बन्ला मुख्यमन्त्री?

पोखराः मुख्यमन्त्रीको दाबीसहित चुनावी मैदानमा होमिएका थिए –नेकपा (एमाले) का खगराज अधिकारी। गण्डकीमा कसको नेतृत्वमा सरकार बन्छन् भन्ने पक्का नभए पनि उनी मुख्यमन्त्री पदको दाबी गर्थे। चुनावको मतपरिणामले गण्डकीमा मात्र नभई संघमा समेत कुनै दलको पनि एकल सरकार नबन्ने देखायो। सबैतिर सरकार गठनमा करिब निर्णायक बनेको नेकपा (माओवादी केन्द्र) ले…