पारस र ह्वाटमोर एकै टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र प्रशिक्षक देव ह्वाटमोर लेजेन्ड्स क्रिकेट लिगमा एकै टोली एसिया लायन्समा रहेका छन् । एसिया लायन्सले भारत महाराजसविरुद्ध खेलि रहँदा पारस र ह्वाटमोर एकै टोलीमा छन् । पारस खेलाडी र ह्वाटमोर मुख्य प्रशिक्षकको रुपमा एकै टोलीमा छन् । पारस र ह्वाटमोर ड्रेसिङ रुममासँगै बसेका […]

सम्बन्धित सामग्री

कतार टी २० सिरिज : बन्द प्रशिक्षणका लागि क्रिकेट खेलाडीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले कतारमा हुने टी २० क्रिकेटका लागि बन्द प्रशिक्षणमा सहभागी गराउन १८ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । बन्द प्रशिक्षणका लागि विनोद भण्डारी, सन्दीप जोरा, आसिफ शेख, कुशल भुर्तेल, सागर ढकाल, विवेक यादव, सौरभ खनाल, भुवन कार्की, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, अभिनास बोहरा, दीपेन्द्रसिंह ऐरी, पवन सरार्फ, कृष्ण कार्की, सोमपाल कामी, करण केसी र साहब आलमको नाम सार्वजनिक गरिएको छ । यादव पहिलो पटक बन्द प्रशिक्षणका लागि छनोटमा पर्नुभएको हो । टोलीमा कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषावकर र वसन्त रेग्मी पर्नुभएको छैन । कतार टी २० प्रतियोगिता यही माघ २७ देखि माघ ३० गतेसम्म सञ्चालन हुनेछ । नेपालले कतारसँग पहिलो मैत्रीपूर्ण खेल माघ २७ गते, दोस्रो खेल माघ २८ गते तथा तेस्रो खेल माघ ३० गते खेल्ने तय भएको क्यानले जनाएको छ । हाल युनाइटेड अरब इमिरेट्स (युएई) मा टी १० लिग खेलिरहनुभएका करण केसी, सोमपाल कामी र कुशल मल्ल सिधै कतार जानु हुनेछ । नयाँ प्रशिक्षकका रुपमा अस्टे«लियाका डेभ ह्वाटमोर आउनुभएपछि नेपालले पहिलो पटक टी २० सिरिज खेल्न लागेको हो । उक्त सिरिजका लागि सोमबारदेखि बन्द प्रशिक्षण सुरु हुने छ ।