काठमाडौँ उपत्यकामा स्पेस खोज्दै मधेसवादी दल

मधेस केन्द्रित दलहरू मधेसमा मात्र होइन, हिमालदेखि काठमाडौँ उपत्यका पनि आफ्नो उपस्थिति देखाएका छन् । काठमाडौँ उपत्यकामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र सिके राउत नेतृत्वको जनमत पार्टीले प्रतिनिधिसभा सदस्यका लागि विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् । जसपा र लोसपाले १०–१० वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् भने जनमत पार्टीले चारवटा निर्वाचन क्षेत्रमा मात्र उम्मेदवारी दिएको छ । लोसपाले काठमा